चैते दशैं मनाइदै

चैत्र २४,काठमाडौ–आज चैतेदशै । शक्तिस्वरुपमा देवी भगवतीको पुजाअर्चना गर्दै घरघरमा भव्य रुपमा मनाइदैछ । हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दसैं मनाउने परम्परा रहेको छ । असोज र चैतमा गरी वर्षमा दुईओटा दसैं मान्ने गरिन्छ । यी दुवैमा शक्ति स्वरुपा भगवतीको पुजा गर्ने चलन छ । दसैं विजयको प्रतिकका रुपमा लिने गरिएको छ । आसुरी शक्तिमाथि दैवी शक्तिको जित तथा असत्यमाथि सत्यको जितका रुपमा लिईने चैते दसैंको आफ्नै महत्व छ । असोजमा पर्ने दसैं पहिले चैतमै मनाउने गरिएको किंवदन्ती पनि छ । चैतमा मनाउने दसैंका क्रममा विभिन्न खानाका परिकार खाादा स्वास्थ्यमा खरावी आएको भन्दै असोजमा सारिएको बुढापाकाको भनाई छ । चैते दसैंका दिन विहानैदेखि घरघरमा देवीको पुजाआजा गरी टिकाटालो गर्ने प्रचलन रहेको छ ।