जीप दुर्घटनामा ७ जनाको मृत्यु

फागुन २७, दाङ– जीप दुर्घटनामा परि दाङमा ७ जनाले गुमाएका छन् । अन्य ६ जना यात्रु दुर्घटनाबाट गम्भीर घाईते भएका छन् । तुलसीपुरबाट अमेलीयातर्फ जादैं गरेको बा ११ च ११ ०८ नम्बरको जीप गएराति करिब १२ बजे फूलबारी गाबिस १ भन्ज्याङमा एक्कासी पल्टिँन गई दुर्घटना हुँदा एकै गाउका ७ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा फूलबारी–६ बखरीया दाङ का अन्दाजी १९ बर्षीय खड्ग डाँगी, १८ बर्षीय शंकर चौधरी, २२ वर्षीय प्रवीण खड्का, २२ बर्षीय गणेश केसी, २८ बर्षीय मधु योगी, ३५ वर्षिय रवी गिरी र २८ बर्षीय पूर्णबहादुर ओली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सई मीलन श्रेष्ठले जानकारी दिए । मृतकहरुको शव अहिले पोस्टमाटमका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ । दुर्घटनामा गम्भीर घाईते हुनेहरुमा फूलबारी ६ का सशस्त्र प्रहरी हवलदार मीनबहादुर बस्नेत, जीप चालक माधव रेग्मी, यात्रु तेजवहादुर गिरी, दिल्ली पुरी, भागबत बस्नेत रहेका छन् । घाईतेहरुको अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे एकिन खुल्न नसके पनि गाडि अनियन्त्रित भएर दुर्घटना भएको हुनन सक्ने प्रहरीको अनुमान छ ।