फागुन १८,काठमाडौं– बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री एलन डङ्कन तीन दिने भ्रमणका लागि भोली काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उहाँले नेपालको गरिबी न्यूनीकरण र आर्थिक विकासमा बेलायत सरकारको सहयोग र साझेदारीका प्रयासको समीक्षा र भावी सहयोगबारे छलफल गर्ने जनाईएको छ । यस्तै, सन् २०१५ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशत वार्षिकी मनाउने विषयमा समेत उनले छलफल गर्ने नेपालस्थित बेलायती दूतावासले जनाएको छ । डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिएफआइडी)का नेपाल प्रमुख डा. गेइल मार्जेटीले मन्त्री डङ्कन नेपालको शान्ति प्रक्रिया मार्फत् नेपालको प्रगति हेर्न र यसमा बेलायतको सहयोग जारी राख्न उत्सुक रहेको बताए । भ्रमणका क्रममा मन्त्री डङ्कनले प्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलका नेता र निजी क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बेलायती दूतावासले जननाएको छ । मन्त्रीका रूपमा डङ्कनको यो पाँचौँ नेपाल भ्रमण हुदैछ ।
अन्तरबार्ता
‘खेलाडी लक्षित स्पोर्टस विश्वबिद्यालय र अस्पताल खोल्ने योजनामा छौं ।’

साउन १८, काठमाडौं – नेपालमा फूटबल खेल लोकप्रिय बन्दै गएको छ । नेपालमा लामो इतिहास बोकेको फूटबल पछिल्लो अन्तराष्ट्रिय स्तरसम्म पुगिसकेको छ ।
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ