फोटोसहितको मतदाता नामावली दर्र्ता शुरु

फागुन १६, डोटी – जिल्ला निर्वाचन कार्यालय डोटीले आजदेखि फोटोसहितको मतदाता नामावली दर्र्ता गर्ने कार्य शुरु गरेको छ । फोटोसहितको नामावली संकलनको लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा हरेक दिन कार्यालय समय भित्र १६ वर्ष उमेर पुगेका र हालसम्म पनि नाम दर्ता गराउन बाँकी नेपाली नागरिकहरु नाम दर्ता गराउन सक्ने निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्बाचन कार्यालयको नियमित कार्यक्रम अनुसार फोटोसहितको नामावली दर्ता गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी टिकाराम ढकालले बताए ।