एमाले नेता ओली डिस्चार्ज हुँदै

फागनु १४, काडमान्डौं – उपचारार्थ अस्पताल भर्ना भएका नेकपा एमालेका प्रभावसाली नेता तथा संसदीय दलका नेता केपी ओली डिस्चार्ज हुदैछन् । आज दिउँसो साढे १२ बजे तिर नेता ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने नेकपा एमालेले जनाएको छ । बाथ रोग बढेर शिकिस्त भएका नेता ओलीलाई गत शनिबार काठमाण्डुको महाराजगन्ज स्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । ओलीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।