राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका बिषयमा छलफल गर्न कााग्रेस तयार

२५ माघ, काठमाडौं– नेपाली कांग्रेसका केन्ऽीय सदस्य डा प्रकासशरण महतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न आफनो पार्टी तयार रहेको बताएका छन् । युवा संघ नेपालले शनिबार राजधानीमा गरेको संविधान निर्माण विषयक विचार गोष्टीमा नेता महतले आफनो पार्टी सधै वर्तमान राष्ट्रपति र उपराष्ट्रपति नै राख्नु पर्छ भन्ने पक्षमा नरहेको बताए । सरकार गठन र संविधान लेखनको प्रक्रिया अघि बढाएर मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्नु पर्ने महतको भनाई थियो ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गृहमन्त्री लगायतका नया मन्त्रालय एमालेलाई नचाहिएको बताए । राष्ट्रपतिको निर्वाचन हुनुपर्ने माग गरेर एमालेले मन्त्रीका लागि बार्गेनिङ गरेको आरोप लागिरहेका बेला ओलीले आफनो पार्टीले गृहमन्त्री र अर्थमन्त्रीको बार्गेनिङका लागि राष्ट्रपतिको निर्वाचनको कुरो नउठाएको दावि गरे । आफनो दल मन्त्रालय विनै सरकारमा जान तयार रहेको भन्दै ओलीले राष्ट्रपति र उपराष्ट्रपति लगायतको नया चुनाव हुनुपर्ने दोहोऱ्याए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता देवेन्ऽ पौडेलले नयाा जनादेशको कदर गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । पौडेलले एक वर्षभित्रमा नयाा संविधान निर्माण गरेर स्थानीय निकाय र संसदीय निर्वाचनमा जानु पर्नेमा जोड दिए ।