अर्थमन्त्री कोइरालाद्वारा उर्जा र पूर्वाधार विकासमा लगानी बढाउन जापानसंग आग्रह

असोज, १४ काठमाडौँ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उर्जा र पूर्वाधार विकासमा लगानी बढाउन जापान सरकारसंग आग्रह गर्नुभएको छ ।

 

विदाई भेटका लागि अर्थ मन्त्रालय पुगेका नेपालस्थित जापानी राजदूत कुनियो ताकाहासीसंगको भेटमा अर्थमन्त्री कोइरालाले काठमाडौ– हेटौंडा सुरुङमार्ग निर्माणमा जापानी सहयोग अपेक्षित रहेको स्पष्ट गर्नुभयो ।

उहाँले जापानी सहयोगमा निर्मित काठमाडौ– भक्तपुर र बीपी राजमार्गले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दाताहरुको सुझावअनुसार सरकारले वित्तिय तथा आर्थिक व्यवस्थापन चुस्त बनाउन लागि परेको जानकारी दिनुभयो ।

विमानस्थलमा राडारको क्षमता अभिवृद्धि, तनहूँ हाइड्रोपावर र मेलम्ची खानेपानी आयोजनामा जापान सरकारले पु¥याएको सहयोगप्रति मन्त्री कोइरालाले आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत ताकाहासीले नेपालमा सञ्चालित विकास कार्यक्रमहरु विभिन्न कारणले समयमै पूरा हुननसकेको जनाउँदै त्यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

संसद नभएको अवस्थामा जनताको आवाज सुन्ने माध्यम नहुने भएकाले यस्तो अवस्थामा वैदेशिक सहयोग पनि प्रभावित हुने जनाउ दिँदै राजदूत ताकाहासीले संविधानसभामार्पmत संविधान बनेपछि नेपालमा वैदेशिक लगानीको सम्भावना बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

लगानीमैत्री वातावरण बनेमा जापानी उद्यमीहरु पनि नेपालको हाइड्रोपावर क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी उहाँले दिनुभयो ।