‘सिइओ भएपछि संगीतबाट टाढिएँ’ – गोविन्द गुरुङ, सिइओ सिभिल बैंक लिमिटेड

प्रकृति दाहाल

बैंकिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

मेरो बैकिङ करिअर हिमालयन बैंकबाट सुरु भएको हो । सन् १९९६ मा सिनियर अफिसरको रुपमा प्रवेश गरे । त्यसबाट सोही बैंकमा असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर सम्म रहेर ११ बर्ष सम्म काम गरे । त्यसपछि ग्लोबल आइएमीमा बैंकमा साढे तीन बषर्मा सिनियर म्यानेजर देखि असिस्टेन्ट जेनेरल म्यानेजर सम्म भए । ग्लोबल आइएमी छोडेर २०१२ मा सिभिल बैक आए । बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भई ५ बर्ष काम गरे । त्यसपछि २०१७ जुलाई देखि प्रमुख कार्यकारी अधिकृतको रुपम कार्यरत छु ।

तपाईंलाई संगीतप्रेमी सिइओ भनिन्छ नि ?

हो, एक संगीतप्रेमी मान्छे हुँ । मलाई संगीत एकदम मन पर्छ । ८ वर्षकै उमेरदेखि सोरठी र घाटु गाउन थालेकी हुँ । २०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरें । २०५६ मा लोक–गीतिसंग्रह ‘खुदी बजारमा’ ल्याएपछि औपचारिक रूपमा सांगीतिक क्षेत्रमा मैले पाइला राखेको हुँ । २०६४ सालमा आधुनिक गीतिसंग्रह ‘परिचय’ श्रोतामाझ ल्याएँ । पछि २०७१ सालमा ‘पल एल्बम’ निकालें । त्यसमा ९ मध्ये ६ गीतमा आफैंले संगीत भरेको छु ।

सिइओ र संगीतको तालमेलचाहिँ कसरी मिल्छ ?

पेसाले म बैंकर हुँ । गीत–संगीत मेरा रहरका कुरा हुन् । मेरो प्राथमिकता बैंकमा हुन्छ । फुर्सदमा भने म संगीतमा रमाउँछु । संगीत मेरो पेसा नभए पनि यसलाई निरन्तरता दिइरहेको छु । सिइओ भएपछि भने अहिले संगीतबाट केही टाढिएको छु ।

मन पर्ने गायक–गायिका ?

म प्रायस् पुराना गायक–गायिका मन पराउँछु । अरुणा लामा, नारायण गोपाल, दीप श्रेष्ठ मलाई मन पर्ने गायक हुन् ।

अफिसमा कति समय बिताउनुहुन्छ ?

सिइओको अफिस बस्ने समय कुनै निश्चित नै हुँदैन ।

घुमफिरमा कत्तिको रुचि राख्नुहुन्छ ?

घुम्नैका लागि भनेर चाहिँ अहिलेसम्म निस्कने गरेको छैन, तर कामको सन्दर्भमा घुमिरहेको हुन्छु ।

फिटनेसका लागि के गर्नुहुन्छ ?

फिटनेसका लागि फुटसल जान्छु ।

फुर्सदको समयमा के गर्नुहुन्छ ?

फुर्सदको समयमा स्पोर्ट हेर्छु । अरूको विचार सुन्छु ।

ड्रेसअप कस्तो मन मन पर्छ ?

ड्रेसअपमा मेरो कुनै च्वाइस छैन । जे लगाउँदा सजिलो हुन्छ, त्यही लगाउँछु । अफिसमा शुक्रबार र आइतबार ड्रेस कोर्ड गरिएको छ । शुक्रबार क्याजुअल ड्रेसमा अफिस पुग्छु । परम्परागत पहिरनलाई पनि हामीले अफिसमा प्राथमिकता दिने गरेका छौं । त्यसकारण आइतबार अफिसमा दौरा–सुरुवाल अनिवार्य गरिएको छ ।

पुस्तक कत्तिको पढ्नुहुन्छ ?

पुस्तक पढ्ने खासै फुर्सद हुँदैन । पढ्न पाए साहित्यका कृति, जीवनी पढ्छु ।

चलचित्र कत्ति हेर्नुहुन्छ ?

चलचित्र हेर्न हलमा जाने फुर्सद खासै हुँदैन् । युट्युबमै हेर्ने गर्छु । सबै प्रकारका चलचित्र हेर्छु । नेपाली चलचित्रहरूमा भने कबड्डी कबड्डी, झोले, पशुपतिप्रसाद मन परेका चलचित्र हुन् ।

कुन ब्रान्डको घडी लगाउनुभएको छ ?

अहिले टिसोटको घडी लगाएको छु ।

खानपान शैली कस्तो छ ?

सामान्य खाना मन पराउँछु । विशेष गरी ढिँडो खान रुचाउँछु । इन्डियन खाना पनि खाने गर्छु । सी फुड भने कहिल्यै खान्नँ ।

साभार कान्तिपुर साप्ताहिक