अलपत्र बालबालिकाको जनप्रतिनिधिद्धारा उद्धार

मंसिर २२, काठमाडौं – जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाही गर्नुभएको मानवीय सेवा अन्यका लागि नमूना बनेको छ ।

अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ट महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाएका छन् ।
“बालबालिकाको पालनपोषण र शिक्षादिक्षाको एसओएसले जिम्मा लिने भनेपछि मात्र आफूले बालबालिका लिएर गएको हुँ”, अध्यक्ष शाहीले बताए । बालग्राम धनगढीका प्रमुख पदम हमालले पालनपोषण र शिक्षालगायत सम्पूर्णको जिम्मा लिने जानकारी दिएका छन् ।

बालग्राममा पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह, स्वामीकार्तिक गाउँपालिका सूचना अधिकारी कँुवेर शाही, नागरिक समाजका अध्यक्ष जनेश भण्डारीको सहभागिता थियो । ती दुवै बालबालिका कुपोषित रहेका छन् ।

बालबालिकाका आमा बच्ची लुवारको गत साउनमा अकस्मात मृत्यु भएको थियो । ५१ वर्षीयँ हजुरआमा सुकी लुवारको भरमा नाबालक बालबालिका रहेका थिए ।