भरपर्दो सहकारीको सातौ बार्षिक साधारण सभा सम्पन्न

पौष २४ , काठमाडौं— भरपर्दो सहकारीको साधारण सभा सम्पन्न भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लि बनस्थली काठमाडौंको सातौ साधारण सभा शनिवार सम्पन्न भएको छ । बनस्थलीमा सम्पन्न भएको उक्त कार्यक्रममा डिभीजन सहकारी कार्यालय काठमाडौका निरीक्षक भोला भण्डारीको प्रमुुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा लक्ष्मण फुुँयाल,फटिकलाल शर्मा,डा.सरोज लामिछाने लगायत रहेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले आर्थिक बर्ष ०७२÷७३ को आर्थिक विवरण,आय–व्यय, नाफा नोक्सान लगायतको प्रतिवेदन पेश गरेका थिए । संस्थाले सन्तोषजनक कारोबार गर्दै सबै सदस्यमाझ भरपर्दो बन्न सफल भएको र आगामी दिनमा यसलाई बिस्तार गर्दै लैजाने तिमल्सिनाले बताए । कार्यक्रममा बोल्दै अतिथि लक्ष्मण फुुँयालले सहकारी र स्वास्थ्यलाई एक अर्काका परिपुुरकका रुपमा हेरिनुु पर्ने बताएका थिए । उनले सहकारीका माध्यमबाट स्वास्थ्य क्षेत्रमा पनि धेरै गर्न सकिने कुरा बताउँदै स्वास्थ्यको क्षेत्रमा आफूले भरपर्दोसँग सहकार्य गर्न चाहेको समेत बताए ।
मेडिप्लस हेल्थ केयर सेन्टर बनस्थलीका अध्यक्ष समेत रहेका फुुँयालले उनको संस्थाबाट भरपर्दो सहकारीका सदस्यलाई सहुुलियत कार्ड उपलव्ध गराउने समेत घोषणा गरे । गायक,रचनाकार एवम विभिन्न सामाजिक सस्थामा आवद्ध लक्ष्मी घिमीरेले उद्धघोषण गरको उक्त कार्यक्रमको प्रस्तुुती असाध्यै मिठो रहेको सहभागीले बताए । घिमीरेको स्टेजबाट ‘भुुन्टेको छोटो भोटे नि’ बोलको गीत गाउँदा उपस्थित सबै मन्त्रमुुग्ध भएका थिए । कार्यक्रममा बोल्दै प्रमुुख अतिथि भण्डारीले काठमाडौमा मात्र ४५०० सहकारी दर्ता भएको र यसमाझमा भरपर्दोले आफ्नो छुुट्टै पहिचान बनाउनु पर्ने बताए । साथै भरपर्दो सहकारीको साधारण सभामा अन्य सहकारीले जस्तो तडकभडक नगरी सामान्य र मौलिक तरिकाले गरेकोमा मुुक्त कन्ठले प्रशंसा समेत गरेका थिए । कार्यक्रममा संस्थामा राम्रो काम गरेवापत बजारप्रतिनीधिद्धय सावित्रा ढकाल र चन्द्रावती अधिकारीलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो ।