७२ दिनपछि काश्मीरमा मोबाइल सेवा सुचारु

असोज २८, एजेन्सी – भारत प्रशासित जम्मू(काश्मीर क्षेत्रमा ७२ दिनपछि मोबाइल सेवा सुचारु भएको छ।

भारत सरकारले अगष्ट ५ मा जम्मू(काश्मीरको विशेष स्वायत्तता खारेज गर्नुपूर्व मोबाइल सेवा निलम्बन गरेको थियो।

करिब ५० लाख मोबाइल सेटमा फोन सेवा सुचारु भएको ठानिएको छ। तर, प्रिपेड मोबाइल सेवा भने अझै सुचारु गरिएको छैन।