१७ सय ९२ किमि हुलाकी राजमार्गको ६७ किमि मात्रै कालोपत्रे

 

पुस १९,काठमाडौं – सरकारले राष्ट्रिय गौरवको आयोजनामा परेका सडकको निर्माणमा भएको ढिलाइमा मुआब्जा समस्या देखि अन्तर सरकारी निकायको असहयोग नै प्रमुख कारण औंल्याएको छ । राष्ट्रिय गौरवका मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको निर्माणमा हुने ढिलाइ आफ्नो भन्दा पनि अन्य निकायकै कमजोरीले हुने गरेको देखाउँदै आयोजना पन्छिने गरेको छ । राष्ट्रिय गौरवका आयोजना मध्ये हुलाकी र मध्यपहाडी लोकमार्गको काममा देखिएको ढिलाइमा आयोजनाले कतै वन विभागको अवरोध त कतै मुआब्जाको विषय हुँदै ठेकेदार कम्पनीको ढिलाइ सम्मलाई बहना बनाएर आफू पन्छिन मात्रै खोज्दा अहिले सम्मको सडकहरूको भौतिक प्रगति भने निराशा जनक देखिएको छ ।

हुलाकी राजमार्गको कुल १७ सय ९२ किलोमिटर सडक मध्ये अहिले सम्म ६७ किलोमिटर मात्रै कालोपत्रे भएको आयोजनाले जानकारी दिएको छ । ७ वर्ष अघि देखि सुरु भएको सो राजमार्गको काम दुई साता अघि सम्मको प्रगति विवरण हेर्दा ३ प्रतिशत मात्रै सम्पन्न भएको हो । नेपालकै लगानीमा पहिलो चरणमा बन्न लागेका विभिन्न १२ सडक आयोजनाको भौतिक प्रगति हेर्दा ती सडकका विभिन्न खण्डको प्रगति शून्य प्रतिशत देखि १७ प्रतिशत सम्म देखिएको छ । अहिले हुलाकी राजमार्गकै ३ सय किलोमिटर सडकखण्ड बनाउन भारत सरकारले ८ अर्ब रुपैयाँ अनुदान दिएको छ ।
राजधानीबाट