साग महिला क्रिकेट –माल्दिभ्स ६ रनमै अलआउट

मंसिर १९, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेट प्रतियोगितामा बंगलादेशविरुद्धको खेलमा माल्दिभ्सले ट रन मात्र बनाएको छ । बंगलादेशले माल्दिभ्समाथि २५० रनको फराकिलो जित हात पार्दा माल्दिभ्सका कुनैपिन ब्याट्सम्यानले दोहोरो रन जोड्न नसकेको हो ।

शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धा्रित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो ।