डिस्चार्ज भए प्रधानमन्त्री

मंसिर १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।  ओली १० दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका थिए ।

डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।