रुपन्देहिको ओडवलियामा एनआईसी एशिया बैंकको शाखा बिस्तार

मंसिर ९, काठमाडौं – एनआईसी एशिया बैंकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ओडवलियामा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त गरिएको छ ।

बैंकले हाल ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९१ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।