अरेबियन्सलाई टी –१० लिगको उपाधि अरेबियन्सलाई

मंसिर ९, एजेन्सी –युएईमा भएको टी –१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा डेकन ग्लाडीयटर्सलाई ८ विकेटले पराजित गर्दै अरेबियन्सले उपाधि जितेको हो ।

आबु धाबीमा ग्लाडीयटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै क्रिस लिनले १६ तथा नाजिबउल्लाह जाड्रले अविजित १२ रन बनाए । ग्लाडीयटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडीयटर्सले १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो । उसका आसिफ खानले अविजित २५ तथा भानुका राजपाक्षले २३ रन बनाए ।

अरेबियन्सका ड्वाने ब्राभोले २ विकेट लिए ।