प्रितम आचार्यलाई सिभिलमलले सम्मान गर्दै

साउन ३०, काठमाडौं — चर्चित भारतीय टेलिभिजन रियालिटि शो ’सारेगमप लिटिल च्याम्प्स २०१९’ का दोस्रो उपविजेता प्रितम आचार्यलाई काठमाडौं सुन्धारा स्थित सिभिलमलले सम्मान गर्ने भएको छ ।

आाचार्यलाई शनीबार एक कार्यक्रम बिच यमाहासँगको सहआयोजनामा मलको प्रवद्र्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ्ग फिएस्टा’ को अवसर पारेर सम्मान गर्न लागिएको हो ।

सम्मान कार्यक्रममा यमाहा मोटरसाईकल, एलजीका घरायसी सामान लगायत विभिन्न पुरस्कार विजेताको घोषणा पनि गरिनेछ ।