टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ को मृत्यु, सयौं घाइते

माघ ११, एजेन्सी –टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् ।

टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा आएका छन् ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो ।