एमसिसी मुलुकको हितमा छ –अध्यक्ष मिश्र

माघ १२, काठमाडौं –साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसदबाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् ।

झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उनले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताए ।

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसदबाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरे ।