चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो पर्ने

साउन २८, काठमाडौँ  –   नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् ।

मुलुकमा करिब ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्से्नि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको । सबैभन्दा बढी एन्टिबायोटिक र नसर्ने मुटु, मधुमेहलगायत रोगका औषधि बढी खपत हुन्छ ।

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ,’ नेपाल औषधी उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने,‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । चीनबाट सिधा ल्याउन सके अत्यधिक सस्तो हुनेछ ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ ।