जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण कात्तिकमा हुने

साउन २८,काठमाडौँ –नर्सिङ कियर गिभरमा जाने कामदारका लागि जापानले कात्तिकमा भाषा र सीप परीक्षण गर्ने भएको छ ।

भाषा परीक्षा कात्तिक १० र ११ गते र सीप परिक्षण कात्तिक १९ र २० गते गरिने मिति तोकेकोे छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने छन् ।

नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् ।