चिसो भयो भन्दैमा बच्चालाई धेरै कपडा लगाइदिनु हुदैन – डा. पंकज पन्त

 

पुस २०, काठमाडौं –राजधानी काठमाडौँलगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका हेरचाहमा ध्यान तानिएको छ ।

चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको छ ।  बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउनु पर्ने चिकित्सकको भनाई रहेको छ ।

यसै सन्र्दभलाई समेटेर चिसो मौसममा बालबालिकालाई कस्ता समस्या देखा पर्दछन? उनिहरुलाई चिसोबाट कसरी बचाउन सकिन्छ भन्ने बिषयमा छातीरोग बिशेषज्ञ डा. पंकज पन्तसंग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ पन्त संग गरिएको कुराकानीको केही अंश

चिसो मौसममा बालबालिकालाई कस्ता समस्या देखा पर्न सक्छन् ?

चिसोबाट बालबालिका छिटो प्रभावित हुने गर्दछन् । चिसो मौसममा बालबालिकालाई रुघाखोकी लाग्ने, निमोनिया हुने र नाक बन्द हुने, निमोनिया हुने र झाडापखला लाग्ने जस्ता समस्याहरु देखा पर्न सक्दछन् ।

चिसोबाट बालबालिकालाई कसरी जोगाउन सकिन्छ ?
बालबालिकाले आफ्ना समस्या खुलेर बताउन सक्दैनन् । त्यसकारण अभिभावकहरु बिशेष सचेत हुनुपर्दछ । जाडो मौसममा बालबालिकालाई न्यानो कपडा लगाईदिनु पर्दछ । तर यसो भन्दैमा धेरै कपडा पनि लगाइदिनु उचित हुदैन । धेरै कपडा लगाईदिएमा निस्सासिएर बच्चाको मुत्यु समेत हुन सक्छ । बच्चाहरुलाई झोलिलो तथा पोषिलो पदार्थ खुवाउनु पर्दछ । चिसोमा बच्चाहरुलाई निमोनियाको समस्या हुने भएकाले धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।

चिसोले समाईहाले कसरी घरेलु उपचार गर्ने ?
यदि बच्चाको नाक बुभिएको छ भने कपासले सफा गरिदिने । रुघाखोकी लागेमा चिसो कुरा नखुवाउने । बच्चाको शरीर मालिस गरिदने । झाडापखला लागेमा प्रशस्त पानी पिउन लगाउने