सुडानमा सैन्य विमान दुर्घटना, १८ जनाको मृत्यु

पुस २०, एजेन्सी – सुडानको डार्फरमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । सुडानको राजधानी डार्फरको पश्चिमी क्षेत्रमा शुक्रबार (एन्टोनोभ १२) नामको विमान दुर्घटना भएको हो ।

एल जेनेइनाबाट ११ प्यासेन्जर र सात जना चालक दलका सदस्य सहित उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको हो । विमानमा अन्य यात्रु समेत सवार थिए । सुडानस्थित विश्व खाद्य कार्यक्रमका जागिरे समेत विमानमा सवार थिए ।