चलचित्र ‘खाली पिली’मा ईशान र अनन्या एकसाथ देखिने

असोज १२, काठमाडौं – चलचित्र ‘खाली पिली’मा बलिउड नायक ईशान खट्टर र नायिका अनन्या पाण्डे एकसाथ देखिने भएका छन् ।

ईशान चलचित्र ‘धडक’ बाट चर्चामा आएका हुन् भने अनन्याले ‘स्टुडेन्ट अफ दि इयर २’बाट डेब्यु गरेकी थिइन् ।

आफ्नो चलचित्रमा जवान कलाकारहरू चाहिएकोले ईशान र अनन्यालाई रोजेको निर्देशक जफरले बताएका छन् ।

चलचित्र अलि अब्बस जफरले निर्माण तथा निर्देशन गर्न लागेका छन् ।