गर्भवती महिलाले कस्ता खानेकुरा खाने ?

माघ ६, काठमाडौं – गर्भवती महिललाले खानपानमा बिशेष ध्यान दिनु पर्दछ । स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ। यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहार लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ।

आहार विशेषज्ञका अनुसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ। तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन। फुड एण्ड न्युट्रिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ। अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ। पर्याप्त मात्रामा भिटामिन, खनिज, फाइबर, आइरन, जिंक र क्याल्सियम लिनुपर्छ।

ब्रेकफास्टमा ब्राउन ब्रेड, एक कचौरा ओट्स, दाल, साबुदाना, दुध, दही, अण्डाको सेतो भाग, डाइजेस्टिभ बिस्कुट खान सकिन्छ ।
यस्तै, डिनरमा ओमेगा थ्रि याटी एसिड, भिटामिन डी, बिटा क्यारोटिन, क्याल्सियमयुक्त खानाहरु डाइट चार्टमा राख्न सकिन्छ ।

ओमेगा थ्रि याटी एसिडयुक्त खाद्यपदार्थ शिशुको मष्तिष्क विकासका लागि फाइदाजनक हुन्छ भने क्याल्सियम र भिटामिन डीले शिशुको दाँत र हड्डीको विकासमा भूमिका खेल्छन्। आइरन पुरै ९ महिना आवश्यक हुन्छ।

शिशुको तन्तुहरुको विकासका लागि नियमित रुपमा दूध पिउनु आवश्यक हुन्छ। दैनिक नास्ता र बेलुकीको खानापछि गरेर दिनभरमा ७५० मिलिलिटर दूध पिउनुपर्छ। यस्तै विकसित भइरहेको शिशुका लागि पानीका अलावा तरल पदार्थ सेवन गर्नुपर्छ।