क्यान्सरबाट बच्न यस्ता खानेकुुरा खानुस

क्यान्सरबाट बच्न यस्ता खानेकुरा खानुस

(विशेषगरी तारेको, भुटेको खानेकुराको प्रयोग गर्नु हुँदैन । यस्ता खानेकुराले शरीरको जुनसुकै ठाउँमा पनि क्यान्सर हुन सक्छ । केमिकल हालेका खाद्य पदार्थको पनि प्रयोग गर्नु हुँदैन । बजारमा उपलब्ध सागसब्जी र फलफूल किन्दा विशेष ध्यान र्पुयाउनुपर्दछ ।

(माछामासुको प्रयोग घटाउनुपर्छ र गोडागुडीको प्रयोग बढाउनुपर्छ, जस्तो कि सिमी, केराउ, चना आदि ।

(बजारमा उपलब्ध जंकफुडहरू खानु हुँदैन । बढी चिल्लो, गुलियो र प्याकेजिङ खानेकुराको नियमित प्रयोगले पनि क्यान्सर हुन सक्छ ।

(नुन कम भएका खानेकुरा खाने गर्नुपर्छ । नुनको अत्यधिक प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउँदै लैजान्छ ।

(सुर्तीजन्य पदार्थ र अल्कोहल बढी प्रयोग गर्ने मानिसलाई क्यान्सर हुने खतरा हुन्छ । विभिन्न अनुसन्धानले भनेको छ कि क्यान्सरका ९० प्रतिशतभन्दा बढी रोगीहरू सुर्ती र अल्कोहलको प्रयोगकर्ता छन् ।

(शारीरिक व्यायाम कम गर्ने मानिसलाई पनि क्यान्सर हुन सक्छ ।
डा. राजेन्द्र बराल
क्यान्सर रोग विशेषज्ञ