एन आई सी एशिया बैंकद्धारा ए.पी.एफ.क्लबका साग बिजेता खेलाडीलाई नगद सहित सम्मान

 

माघ ९, काठमाडौं – एन आई सी एशिया बंैकले ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा बिजेताहरुलाई नगदसहित सम्मान गरेको छ ।

सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु. ९,९५,०००÷– बराबरको रकम यस बैंकले प्रदान गरेको हो ।

प्रहरी महानिरीक्षक शैलैन्द« खनालको आतिश्यमा सम्पन्न कार्यक्रममा एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक श्री तुलसी राम दाहाललाई चेक हस्तान्तरण गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हुन सफल भएको छ