एनसिसि वैकका कर्मचारी तथा ग्राहकहरुलाई नेपाल मेडिसिटि अस्पतालमा उपचार गर्दा सहुलियत हुने

काठमाडौ–नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल मेडिसिटि अस्पतालकाबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरुले उक्त छुट बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउने एनसिसी वैकका  प्रबक्ता बन्दना पाठकले वताएकी छन ।

बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।