इटालियन सिरिएमा युभेन्टको जीत

 

कात्तिक ३, एजेन्सी – इटालियन सिरिएमा युभेन्टसले बोलोग्नामाथि २–१ को जित निकालेको छ । जितसँगै युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।

युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि जानिकको दोस्रो हाफको गोल निर्णायक बन्यो । १९ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

जितसँगै युभेन्टसले सिरिए तालिकामा चार अंकको अग्रता लिएको छ । युभेन्टसले आठ खेलबाट २२ अंक बनाएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १८ अंक छ ।