राष्ट्रपति भण्डारीको म्यान्मा पाँचदिने राजकीय भ्रमण सम्पन्न

कात्तिक ३, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच दिन म्यान्मा पाँचदिने राजकीय भ्रमण सम्पन्न भएको छ ।

म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते पुगेकी भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत टोली साथमा रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरेकी थिइन् ।

नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आजदेखि कात्तिक ५ गतेसम्म भण्डारीले जापान भ्रमण गर्नेछिन् ।