आमा बन्ने रहर छ ? गर्नुस यसरी तयारी †

मंसिर ११, काठमाडौं – कुन महिलालाई आमा हुनुको अनुभुति गर्न मन नलाग्ला र ? आमा बन्नका लागि कैंयौ जिम्मेवारीहरु हुने गर्दछन् जुन एक आमाले निभाउन सक्नुपर्दछ । आमा बन्नु पहिला एक महिला मानसिक र शारीरीक अवस्थामा बलियो हुनु जरुरी हुन्छ । बच्चा हुर्काउने उचित शिक्षा दिक्षा दिने बढि हात आमाको नै हुने गर्दछ । आमा बलियो बनेमा बच्चाको उचित पालनपोषणमा गर्न सक्दछन् । यसकारण आमा बन्नु अगाडि निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

आफु बलियो बन्ने
आमा बन्नु अघि आफु शारीरीक र मानसिक रुपमा पनि बच्चाका लागि बलियो हुनुपर्दछ । बच्चाको जिम्मेवारी उठाउन सक्ने हुनुपर्दछ ।

दोस्रो आमाबाट सिक्ने
आमाले आफ्ना बच्चाप्रति कसरी पालनपोषण गर्ने, कसरी हेरचाह गर्ने भन्ने बिषयमा आमा भइसकेका महिलाहरुबाट ज्ञान लिन सकिन्छ । यदि आफु अन्जान भएमा अन्यबाट उचित परामर्श लिन सकिन्छ ।

आर्थिक रुपमा सबल रहने
आमा बन्दै गर्दा आर्थिक रुपमा सबल हुनुपर्दछ । घरमा नया सदस्यको आगमन हुन साथै खर्च बढ्ने गर्दछ । यदि आर्थिक रुपमा सबल नभएका बच्चाको भबिष्यमा केहि प्रभाव पर्न सक्दछ ।

फ्रिलान्सिङ जब गर्ने
यदि तपाईंं कामकाजी महिला हुनुहुन्छ भने फ्रिलान्सिङको काम गर्न राम्रो हुन्छ । बच्चा जन्मेपछि महिलाहरुले जागिर छोड्नु पर्ने हुन्छ । तर कामकाजी भएका कारण तपाईंंलाई त्यसै बस्न मन लाग्दैन । यस्तो स्थितिमा घरमै बसेर काम गर्न सक्ने अवस्था निर्माण गनुपर्दछ ।