श्री एयरलाइन्सको जहाजको शौचालयबाट धुवा उडेपछि….

साउन १९, इमेलखबसर—
काठमाडौका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः नेपालगन्ज फर्किएको छ । एयरलाइन्सको शौचालयबाट धुवा निस्किएपछि ७९ यात्रु बोकेर एयरलाइन्स फर्किएको हो ।
विहान ९ बजेर ४९ मिनेटमा काठमाडौका लागि उडेको श्रीको बमबार्डियर डयास क्यु ४०० विमानको शौचालय भित्र धुवा निस्कीएको संकेत देखिएको नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालले बताए । उनका अनुसार धुवा निस्कीएको संकेत पाउने वित्तिकै विमान चालकले ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका हुन् ।