आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदै

चैत २३, काठमाडौं आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेदकुद दिवस मनाइँदैछ ।

हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरेको हो ।

यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेशनल युनिभर्सिटी स्पोर्टस्, एफआईए फाउन्डेशन, इन्टरनेशनल काउन्सिल अफ स्पोर्टस् साइन्स एन्ड फिजिकल एजुकेशनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायले यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए ।

यसपालि ‘सबैका लागि दिगो र शान्तिपूर्ण भविष्य सुरक्षित गर्दै ः खेलकुदको योगदान’ नाराका साथ दिवस मनाइँदैछ । नेपालमा सन् २०१५ यता यो दिवस निरन्तर रूपमा मनाउने गरिएको छ।