चेल्सी सेमिफाइनलमा प्रकाशित : २०७८ पुष ८ गते ८:४६ पुष ८, एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले हराउँदै चेल्सी अन्तिम चारमा पुगेको हो । अब चेल्सीले सेमिफाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।