ईपीएल – आज दुई खेल हुँदै

असोज १५, एजेन्सी – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटमा आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र ललितपुरबीचको खेल बिहान ९स्३० बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो । विराटनगर अंक विहीन रहदै पुछारमा रहेको छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर पनि पहिलो जित निकाल्न चाहन्छ । साविक विजेता समेत रहेको ललितपुरले ३ खेलमा मात्र १ अंक जोडेको छ ।

यस्तै दोस्रो खेलमा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन र पोखराबीचको खेल दिउँसो १स्३० बजे सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । चितवनले अघिल्ला दुबै खेल जितेको थियो ।

चितवन २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।