खाने तेलको मूल्य घटाउन विभागको निर्देशन, बिक्रि नै बन्द गर्ने उद्योगीको चेतावनी

फागुन ४, काठमाण्डौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाएका तेल उद्योगीलाई मूल्य घटाउन निर्देशन दिएको छ । केही उद्योगीले आफुखुशी तेलको मूल्य बढाएपछि विभागले गत बिहीबार उद्योगीलाई बढाएको मूल्य घटाउन निर्देशन दिएको हो ।

विभागले बजार अनुगमनका क्रममा तेलको मूल्य बढाउने उद्योगलाई कारवाही गरी मूल्य घटाउन निर्देशन दिएको थियो । तर कारवाही गरिएकै उद्योगले तेलको मूल्य नघटाएपछि विभागले बिहीबार सबै तेल उद्योगीलाई विभागमा नै बोलाएर मूल्य घटाउन पुनः निर्देशन दिएको हो।

विभागको निर्देशनपछि तेल उद्योगीले मूल्य घटाएर बिक्री गर्नभन्दा तेलका लागि आवश्यक कच्चा पदार्थको आयात नै बन्द गर्ने बताएका थिए । अन्तराष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा खाने तेलको मूल्यमा बृद्धि भएको उद्योगीहरुको भनाई थियो । तेल उद्योगीका अनुसार हाल अन्तराष्ट्रिय रुपमा सबैभन्दा धेरै सनफ्लावरको मूल्य आकाशिएको छ । गत साउनभन्दा अगाडीसम्म अन्तराष्ट्रिय रुपमा प्रति मेट्रिक टन ५ सय डलर रहेकोमा हाल १३ सय ८० पुगेको छ ।

अन्तराष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्यमा भारी बृद्धि हुँदा नेपालमा तेलको मूल्य बढुनु स्वभाविक भएको भन्दै मूल्य घटाउन भन्दा तेलको आयात नै बन्द गर्ने अवस्था आएको उनीहरुले बताएका थिए । उद्योगीहरुले विभागमा बताए अनुसार हाल प्रति कार्टुन९ दश लिटर० सनफ्लावर तेलको फ्याक्ट्री कष्ट नै २३ सय बढी पर्न आउने बताएका छन्। यसैगरी फ्याक्ट्री कष्टमा प्याकेजिङ, डिलर, सब डिलरको कष्ट जोड्दा प्रति प्याकेज २५ सयभन्दा बढी हुने उनीहरुको भनाई छ।

विभागले खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालीत अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालि लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीनरतीन लाख जरिवाना गरेको थियो । विभागको कारवाही पछि अन्नपूर्ण तेल उद्योगको मूल्य घटाएपनि महालक्ष्मीले मूल्य घटाएको छैन ।