निशान र अस्मिताको गीतमा मुस्कान र निकोलसको अभिनय (भिडियो)

मंसिर १९, काठमाडौं  – गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ।

‘तिमि संग मन साटे’ बोलको गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ। स्वर्णिम थापाको निर्देशनमा बनेको भिडियोमा निकोलस अर्याल र मुस्कान वाग्ले फिचर्ड छन्।

सार्वजनिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन सम्पादन गरेका छन्।

माया प्रेमको भाव बोकेको गीतको भिडियो गायक निशान भट्टराईको यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।