कात्तिक २३ , काठमाडौं -अमेरिकाको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएकामा नेकपा मसालले खुशी व्यक्त गरेको छ ।
आइतबार विज्ञप्ति जारी गरी ट्रम्पको पराजयमा प्रसन्नता व्यक्त गरिएको हो । महामन्त्री मोहनविक्रम सिंहद्धारा जारी गरिएको उत्तल विज्ञप्तिमा उनको पराजय सिंगो विश्वको लागि खुसीको कुरा भइरहेको बताइएको हो ।
अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा परिवर्तन नआउने भन्दै मसालले अमेरिकाप्रतिको आफूहरुको नीतिमा पनि परिवर्तन नहुने बताएको छ ।