भदौं २४ काठमाडौं बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो गएको बुधबार एक हप्ता पुगेको छ । नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ का विभिन्न स्थानहरुमा गएको पहिरोमा परि हालसम्म १९ जनाको मृत्यु भएको छ ।
अन्य १९ जना बेपत्ता भएका छन् । पहिरोले १३० घर क्षति पुगेको ढोरपाटन नगरपालिकाकाका मेयर देव कुमार नेपालीले इमेल खवरलाई बताए । उनका अनुसार ११ झोलुङ्गे पुल, ११ वटा मिनी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । त्यस्तै पहिरोले २ वटा बिद्यालय र २ वटा स्वास्थ्य चौकी समेत प्रभावित बनेका छन् ।
राहत तथा उद्दार
पहिरोको क्षति निरिक्षण गर्न गृहमन्त्री रामबहादुर थापा मगर ढोरपाटन पुगेका थिए । उनले पिडितहरुलाई २ लाख दिने घोषण गरेका थिए । तर पिडितहरुले उक्त रकम अझै पाउन सकेको छैनन् ।
अहिले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ । घरबार बिहिनहरुलाई खाना र बासस्थानको ब्यबस्था नगरपालिकाले गरिरहेको नेपालीले बताए । कति संख्यामा घरबार बिहिन छन, त्यो एकिन संख्या भने आउन सकेको छैन ।
उनले भने ‘ घरबार बिहिनहरुलाई हामीले खाना र टेन्टको ब्यवस्था गरेका छौ, उनीहरु कति संख्यामा छन् एकिन हुन सकेको छैन ।’ उनीहरुलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बिषयमा सरोकारवालाहरुसंग छलफल भइरहेको उनले बताए ।
उनले भने ‘ यति ठुलो महामारी स्थानीय तहले मात्रै थेग्न सक्दैन, ब्यबस्थापनका लागि सरोकारवालाहरु संग छलफल जारी राखेका छौं ।’ उनका अनुसार नगरपालिकाले जिल्ला बिपत ब्यबस्थापन, प्रदेश सरकार र केन्द्रिय सरकार अन्र्तगत गृह मन्त्रालयसंग छलफल गरिरहेको छ । प्रदेश सरकारका मूख्यमन्त्रीले पनि निरिक्षण तथा सहयोग गरेका उनले बताए ।

संघिय सरकारको आश
बिपतको कुनै पनि पुर्वअनुमान नभएकाले यतिबेला नगरपालिकालाई ब्यबस्थापनमा समस्या परेको छ । ठुलो परिमाणमा क्षति भएकाले पनि ब्यबस्थापनमा समस्या परेको नेपालीले बताए । बिपतको पुर्व अनुमान सहित तयारी किन गरिएन भन्ने इमेल खवरको प्रश्नमा नेपाली भन्छन् ‘स्थानीय तहसंग बिपत ब्यबस्थापनको सिमित बजेट र साधन हुन्छ, यहा त ठुलो क्षति भएको छ त्यसकारण ब्यबस्थापनमा समस्या भएको हो ।’
उनका अनुसार नगरपालिकामा बिपत ब्यबस्थापनका लागि करिब १२ करोड बजेट बिनियोजन भएको छ । पिडितहरुलाई राहत र पुनःस्थापनाका लागि नगरपालिकाले बैंक खाता मार्फत पनि सहयोग जुटाइरहेको छ । अर्बौ रकमको क्षति हुदा भने केन्द्रिय सरकारले नै ब्यबस्थापन गर्नुपर्ने उनी बताउछन् ।
अहिलेको अवस्थालाई हेरेर केन्द्रिय सरकारले लागि ब्यबस्थापनका लागी दीर्घकालीन योजना निर्माण गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार स्थानीय तहले तत्कालका लागि ब्यबस्थापनको कोशिस गरेका छौ तर दीर्घकालीन समाधानका लागि केन्द्रिय सरकार मार्फत नै योजना निर्माणको आवश्यक छ ।

तस्बीर – नेपालीको फेसबुक
