अन्तर्राष्ट्रिय सीमा नाका आगामी भदौ ३१ सम्म बन्द

साउन २७, काठमाडौं अन्तर्राष्ट्रिय सीमानाका आगामी भदौ ३१ सम्म बन्द हुने भएको छ ।

मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना र अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने निर्णय गरिएको बताए ।

यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो ।

स्वदेश आउनै पर्ने नेपालीको लागि भने तोकिएको प्रवेश बिन्दुबाट प्रवेश दिने र दुवानी पनि कायमै रहने छ।