बलिउड अभिनेता अभिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि

असार २८, काठमाडौं – बलिउड अभिनेता अभिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ।

बलिउडका ‘बिग बि’ अभिताभ बच्चनले ट्वीटर माफर्त आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनले आफूसँग विगत १० दिनमा सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

बच्चनको ट्वीट लगत्तै छोरा अभिषेकले पनि आफू र बुवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका छन्।

अभिताभ र अभिषेकमा कोरोनाको मध्यम लक्षणहरु देखिएको छ। हाल उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार जया बच्चन र ऐश्वर्या राय बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।