गण्डकीमा दुई सय ८७ जनाले जिते कोरोना

असार १८, काठमाडौं – गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना , गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् ।

यसअघि २१४ जनाले निको भएका थिए । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४ पुगेको छ । बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना सङ्क्रमित देखिएका हुन् ।