चिलिमे विबादका कारण अनिश्चितकालीन रसुवा बन्द

भदौ ६, काठमाडौं – बेलाबेलामा विबादमा परिरहने चिलिमे जलविद्युत आयोजना फेरी एक पटक विबादमा परेको  छ । कम्पनीमा पुरानै ब्यवस्थापकको माग गर्दै बिभिन्न चार दलले आजदेखि अनिश्चितकालिन रसुवा बन्दको  आह्वान गरेका छन् ।

बन्दका कारण आज बिहानैदेखि जिल्ला ओहोर दोहोर गर्ने कुनै पनी सवारी साधन सञ्चालन हुन सकेको छैन । जिल्लाका बजार, कलकारखाना,  विद्यालय सबै खुलेका छैनन्  ।

  एक महिनाअघि चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणले फिर्ता बोलाएको बिरोधमा नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राप्रपा लगायतका दलले बन्द आह्वान गरेका हुन् ।