सस्तो एस्प्रिन माईग्रेनको अचुक औषधी

क्षितिजको पश्चिम कुनाबाट


काठमाडौ -माईग्रेनका पिडितहरुले सस्तो एस्प्रिन लिनु पर्ने सल्लाह एउटा अनुसन्धानले दिएको छ । अनुसन्धानले माईग्रेनका लागि महँगा महँगा औषधीहरु लिनु जरुरी नरहेको देखाउँछ ।

माईग्रेनबाट हुने दुखाई बिश्वमा तेश्रो आम समस्या हो जुन बिश्वका हरेर सात मध्ये एक जनालाई हुन्छ ।

लक्षणहरु– सुरुवात साधारण कताकता दुखे जस्तोबाट शुरु भएर गिदी खल्बलाउने दुखाई सम्ममा परिणत हुन सक्छ । ध्वनि, किरण र बास्नासंग वाक्क लाग्छ र बान्ता सम्म पुर्याउन सक्छ । यस्तो लक्षण बढीमा ३ दिन सम्म रहन सक्छ ।

यस्तो बेलामा मानिसहरु बरु महँगै होस तुरुन्त सन्चो हुने जोहोमा महँगा दबाई किन्न पट्टी लाग्छन । अमेरिकी बैज्ञानिकहरुका अनुसार साधारण र बहुतै सस्तो एस्प्रिनले अचम्मको काम गर्छ यस्तो समस्याका लागि ।

यो निचोड फ़्लोरिडा स्थित एटलान्टिक युनिभर्सिटीको Schmidt College of Medicine ले १३ वटा ट्राईलहरु जसमा माईग्रेनको उपचार तथा एक ब्यक्तिमा बारम्बार हुने माईग्रेनको आक्रमण recurrent attacks को रोकथाममाथिको समिक्षा पछि निकालिएको थियो ।

अनुसन्धानले सुझाव दिए अनुसार, जो माईग्रेनका एक्युट अति पिडित हुन उनीहरुले माईग्रेनको शुरुवाती लक्षण देखिनासाथ एस्प्रिनको हाई डोज 900mg देखि 1309mg लिनु प्रभावकारी साथै सुरक्षित उपचार हो । बीचमा, दैनिक रुपमा 81mg देखि 325mg सम्म एस्प्रिन लिने गर्नाले भबिष्यमा  हुन सक्ने आक्रमणबाट समेत रोक्न सकिन्छ ।

अनुसन्धानकी सहयोगी bianca biglione भन्छिन, एस्प्रिन डाक्टरको प्रेस्क्रिप्सन बिना पनि पाउन सकिन्छ, एकदमै सस्तो छ र हाम्रो समिक्षा अनुसन्धानले थुप्रै प्रकारको माईग्रेन समस्यामा प्रभावकारी पाईएको छ अन्य महँगा उपचारहरुको तुलनामा ।

श्रोत- मेट्रो डेली
प्रस्तोता- अशोक गहतराज सुनार