तीन दिनदेखि विद्युत् अवरुद्ध, अन्धकारमा स्थानीय

कात्तिक ४, काठमाडौं –  उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ ।  रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत् लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत्को खम्बामा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताएका छन् ।