भदौं २३,काठमाडौं—चितवन कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेका छन् । घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ः५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरीले बताएको छ ।
बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
