असार २२, काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।
बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा छलफल हने नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीको संशोधित विधानअनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
