जेठ १९, काठमाडौं — नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल गोदाममै कुहिएको छ ।
उपभोक्ताले उपयोग नगर्दा आव ०७२र७३ मा ल्याइएको जिरा मसिना चामल संस्थानको गोदाममै सडेको हो । दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाँटडाँडास्थित संस्थानको गोदाममा रहेको सो चामल घुन, किरा, चिल्सा परेर सडेको हो । बजारमा आउने चामल भन्दा महंगो मूल्य परेका कारण १० क्विन्टल चामल गोदाममै सडेको बताइएको छ ।
गोदाममै कुहियो खाद्य संस्थानको १० क्विन्टल चामल
