बैशाख १७, काठमाडौं – सरकारविरुद्ध ११ विद्यार्थी संगठनले आन्दोलन गरेको छ । बिभिन्न माग गर्दै मंगलबार प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध माइतीघर देखि बानेश्वरसम्म नाराबाजी गर्दै प्रदर्शन गरेको गरेको हो ।
नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार प्रदर्शन गरेका हुन । विद्यार्थीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्म भएका शुल्कवृद्धि रोक्नु पर्ने, देशमा भएका हत्या(हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनकि गरी दण्डसजाय लगायतको माग गर्दै प्रर्दशनका उक्रिएका हुन् ।