बैशाख १३, काठमाडौं – सरकारले कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद् बैठकले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरिएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
उनी नेपाली कांग्रेसको कोटामा दुई वर्ष अघि राजदूत भएर गएका थिए । पछिल्लो समय राजदूत कोइरालाको भूमिकालाई लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असन्तुष्ट रहँदै आएको थियो ।